काठमाडौं । प्रदीपकुमार उदय र नरेन्द्र महर्जनले निर्माण गरेको फिल्म ‘संरक्षण’ले पिजी सर्टिफिकेट पाएको छ । सेन्सरबोर्डले बुधबार फिल्मलाई प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको हो ।
यो सर्टिफिकेटसँगै १६ वर्ष उमेर मुनिका दर्शकले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने भएको छ । सेन्सरका क्रममा फिल्मका केही शब्द र संवाद म्यूट गरिएका छन् ।फिल्म साउन २७ गतेबाट रिलिज हुँदै छ । फिल्मको निर्देशन पूर्णेन्द्रकुमार झाले गरेका हुन् । फिल्ममा निखिल उप्रेती र सौगात मल्लसँगै कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, अशिष्मा नकर्मी लगायतकोको मुख्य भूमिका रहेको छ ।फिल्ममा हिमाल केसीको एक्सन रहेको छ । परवेश मल्लिकले ‘संरक्षण’मा संगीत दिएका छन् ।









