काठमाडौं । वैदेशिक रोजगारीको आवरणमा खाडी मुलुकमा मानव तस्करी गर्ने समूह मक्राउ परिरहे पनि उनीहरुको सक्रियता घटेको छैन । रोजगारीको प्रलोभनमा अवैध रुपमा कुवेत, दुवई ुगेर अलपत्र परेपछि उद्धारका लागि प्रहरीको सम्पर्कमा आउनेको संख्या उस्तै छ ।
ठगीमा सक्रिय समूहले युरोपको सपना देखाएर नक्कली भिसामा इराकसमेत पु¥याउने गरेको खुलेको छ । पछिल्लो समय युरोप र अमेरिकाको सपना देखाएर ठगी गर्ने थप सक्रिय देखिएका छन् ।
यस्तो ठीमा वैदेशिक रोजगारीमा पठाउने अनुमति पाएकै संस्था, ट्राभल्स सञ्चालक, शैक्षिक परामर्शदाता, खेलकर्मी र राजनीतिकर्मीसम्म सक्रिय देखिएका छन् ।
महाशाखाले बिहीबार पोचुगल पाठाउँछु भनेर इराक पठाउन सक्रिय ट्राभल्स एजेन्सीका सञ्चालक जयप्रकाश बुढामगरलाई पक्राउ ग¥यो । उनले पोर्चुगलको आस देखएर नक्कली भिसामा इराक पठाएको खुलेपछि महाशाखाले पक्राउ गरेको हो ।
पक्राउ परेका बुढामगर गोंगबुमा रहेको गामा ट्राभल्स एन्ड टुर्सका सञ्चालक हुन् । पोर्चुगलको लोभ देखाएर दुबई पु¥याएर त्यहाँबाट नक्कली भिसामा इराक पठाउँदा पक्राउ परी नेपाल डिपोर्ट भएकाहरुको सूचनाका आधारमा उनी पक्राउ परेका हुन् । आजको नागरिक दैनिकमा खबर छ।








