प्रसिद्ध भारतीय हाँस्य कलाकार डा. मसुर गुलाटिका (सुनिल ग्रोबर) अस्पताल भर्ना भएका छन् । कपिल शर्मा सो बाट आफूलाई स्थापित गराएका उनी डेंगु भएपश्चात् एसियन हार्ट इन्स्टिच्युटमा भर्ना भएका हुन् । सुनिलले केही समयअघि विवादका कारण कपिल शर्मा सो छाडेका थिए । लगातार ज्वरो, टाउको दुख्ने जस्ता सम्स्या देखिएपछि सुनिल अस्पताल पुगेका थिए । अस्पताल पुग्दा उनलाई डेंगु देखिएको हो ।
गुत्थी, मशहूर गुलाटी र रिंकु भावीको भुमिकामा निकै नै चर्चित बनेका सुनिल पछिल्लो समय सुनिल लाइभ इभेन्ट्स, अवार्ड सो लगायतमा आफूलाई व्यस्त गराउँदै आएका छन् ।









