भदौ २९ सुवास संकल्प, ईटहरी।साङगितिक बजारले पछिल्लो समय नेपाली परिवेश निकै तातेको छ । चाहे त्यो अडियोमा होस, चाहे त्यो भिडियोमा होस वा टेलिभिजन शो । यहि पेरिफेरिमा हालै संगीतपारखी दर्शक श्रोताको लागि एक गीतको भिडियो सार्बजनिक भएको छ । “म बर्षा तिमी मुल” बोल रहेको गीतलाई पुर्णकला बि शि र दुर्गा बिरहिले स्वर दिएका छन । उक्त गीतमा बहुप्रतिभाको धनी दुर्गा बिरहिकै लय तथा शब्द समाबेश गरिएको छ । हेर्नुस भिडियो यस्तो बनेको छ ।
बिश्वास नेपालको एरेन्ज रहेको गीतलाई माला श्री रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो । आकाश पुन र रिकेस पुनको प्रस्तुति रहेको गीतको भिडियोलाई नेपालको सुन्दर, रमणीय ठाउहरुमा छायांकन गरिएको छ । बाशु बरालको छायांकनमा निर्मित भिडियोमा मन्जिता केशी र आकाश पुन का साथमा चन्द्र राना, दिपक क्षेत्री, मनोज श्रेष्ठ, अश्मी पुर्जा मगर र अजय सुनारको पनि जिवन्त अभिनय देख्न सकिन्छ । आत्मा बिश्वास फिल्मस प्रा.लि. ले बजार ब्यवस्थापन गरेको भिडियोलाई सोही गीतका गायक, लय तथा शब्द रचनाकार दुर्गा बिरहिले निर्देशन गरेका छन ।









