बलिउडका अभिनेता बरुण धवनको पछिल्लो फिल्म ‘जुड्वा २’ ले बक्सअफिसमा शानदार कमाई गरेको छ ।दशैंको दिनमात्रै जुड्वा २ ले अहिलसम्मकै रेकर्ड तोड्दै एकै दिनमा धेरै कमाउने फिल्मको सूचीमा आफ्नो नाम लेखाउन सफल भएको छ ।
फिल्म विश्लेषक तरुण आदर्शका अनुसार शुरुका दुई दिनमा मात्रै जुड्वा २ ले ३६.७५ बढी कमाउन सफल भएको छ ।जुड्वा २ बरुण धवनको पहिलो फिल्म हो जसले एकै दिन २० करोड भन्दा धेरै कमाउन सफल भयो ।जुड्वा २ यो वर्ष बक्सअफिसमा सबै भन्दा धेरै कमाउनेको सूचीमा तेस्रो नम्बरमा रहेको छ ।









