इटहरी । संगीत सहयात्री विरेन्द्र दंगाल, एम आचायको शब्द,संगीत तथा साजन राई को स्वरमा रहेको साइलो गित भिडियोको विमोचन गरिएको छ । बुधबार मोरङको सुन्दर हरैचा नगरपालिका स्थित गोकर्ण रिसोर्टको सभालहलमा एक कार्यक्रमका बिच साइलो गित भिडियोको बिमोचन गरिएको हो ।
रोट्रयाक क्लव अफ इटहरीको आयोजना भएको बिमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का,रोट्रयाक क्लव अफ अटहरीका भुपेन्द्र निरौला,सम्भु धमला,दिपेन्द्र खड्का,अर्जुन गुरागाई लगयतले साइलो म्युजिक भिडीयो हरेर प्रतिकृया दिएका थिए ।
डो.रे.मी. रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गितको बजार व्यवस्थापन भने आत्मा विश्वास फिल्मस् प्रा.लि. ले बजार व्यवस्थापन गरेको छ । गत असोज ४ गते युट्युव मार्फत साइलो गितको भिडियो सर्वजनिक भएको भिडियो बिमोचन गरेको समयसम्मा ९७ हजार ५ सय ५० पटक हेरिएको छ ।
उक्त गितको भिडियोमा वरिष्ठ अभिनेता शुरविर पण्डित,चर्चित मोडल तथा नायिका मन्जिता के.सी. र नवकलाकार विरेन्द्र दंगालको अभिनय रहेको छ । बाशु बरालले छायाँकन गरेको भिडियो बहुप्रतिभाशाली निर्देशक दुर्गा विरहीले निर्देशन गरेका हुन् । साइलो गीतले आर्थिक अवस्था कमजोर भएको कारण परदेशीनु पर्दा विदेशमा भएको दुख र धनकमाउन गएको साइलो बाकसमा फर्कीएको कथा उक्त म्युजिक भिडीयोमा समावेश गरिएको छ । विदेशिएका नेपाली युवालाई नेपाल मै कर्मथलो बनाउन प्रेरित गर्दै सकारात्मक सोचको विकास गराई समाज तथा राष्ट्र निर्माणमा योगदान पुर्याउने कुरामा विश्वत रहेको संगीत सहयात्री विरेन्द्र दंगालले बिमोचन कार्यक्रमा बताए ।








