हाल प्रदर्शन भैरहेको फिल्म ‘छक्का पन्जा २’ को पनि सिक्वेल निर्माण हुने भएको छ । गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पन्जा’को सिक्वेल हो ‘छक्का पन्जा २’ । ‘छक्का पन्जा’ले प्रदर्शनको सय दिन मनाउँदा १६ करोड कलेक्सन गरेको थियो । हाल दोस्रो सातामा प्रदर्शन भैरहेको फिल्म ‘छक्का पन्जा २’ ले अब पहिलो श्रृंखलाको १६ करोडको रेकर्ड मात्र तोड्न बाँकी छ ।

‘छक्का पन्जा २’ बाट पनि सफलता हात परेपछि फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले यसको तेस्रो सिक्वेलको पनि निर्माण घोषणा गरेका छन् । फिल्मको सफलताको खुसी साट्दै दीपकराज गिरीले अर्को वर्षको फूलपातीमा प्रदर्शन गर्ने गरि ‘छक्का पन्जा ३’ घोषणा गरे । यो फिल्मलाई पनि दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् ।

दीपकराजले भने, ‘अब हामी मह जोडीले निर्माण गर्न लागेको फिल्म ‘शत्रुगते’को छायांकनमा व्यस्त हुँदैछौं । यो फिल्मको काम सकिएपछि ‘छक्का पन्जा ३’ को काम सुरु गर्ने तयारी छ । लगातार पाएको दर्शकको साथ र मायाले ‘छक्का पन्जा’को तेस्रो भाग निर्माण गर्न उर्जा मिलेको हो ।दीपकराज गिरीले ‘छक्का पन्जा ३’ मा ‘६ एकान ६’ देखि ‘छक्का पन्जा २’ सम्म काम गर्ने पुरानै कलाकारहरुको अभिनय रहने पनि बताए । दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, प्रियंका कार्की, वर्षा राउत, केदार घिमिरे लगायतका कलाकारहरु यो फिल्ममा दोहोरिनेछन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia