राजीवकुमार सिंह चिकित्सकशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जव भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो ।शनिबार बिहान ८ बजे देखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कदै गरेका उनले परिवारसंग खुसी बाँड्न भने पाएनन् ।

उनी तीनकुनेबाट सीधै टुकमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय पुर्याईए । बौद्धको अरुणीमा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएका शिखा झा र राहुल झाको अवस्था पनि सिहंकै झै भयो । यी सबै पक्राउ पर्नुको कारण बडो फिल्मी छ ।

१४ बर्षअगाडी भारतमा डाक्टर बन्न लालायित एक डुन्डामा आधारित फिल्म बनेको थियो मुन्नाभाई एमबिबिएस । निर्देशक राजकुमार हिरानीले बनाएको उक्त हास्य फिल्म बाबुको डाक्टर बन्ने सपना पुरा गर्न आपराधिक गतिविधमा लागको एक ब्यक्ति मुन्नाभाई ले अपनाएको उपायमा आधारित छ ।त्यस्तै शनिवार पक्राउमा परेको सबले भुन्नाभाई फिल्मको शैलीमा चिट चोर्ने चोराउने गरेका थिए । आजकोनागरिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia