‘मलाई तीन ठाउँमा बेचियो। विशाखापट्टम, विजयवाडा र गोवामा। त्यो बेला मेरो उमेर मात्र १२ वर्षको थियो।’ यो भनाइ हो हैदरबादकी एक युवतीको। जसको पूरै बाल्यकाल ती फोहोर गल्लीमा बित्यो, जहाँ उनलाई देह व्यापारको पेशमा जर्बजस्ती धकेलियो। उनी भन्छिन्, ‘स्कुल जाने क्रममा मेरो अपहरण भयो। त्यसपछि मलाई वेश्यावृत्तिको पेशामा धकेलियो। हाम्रो हाजिरी त्यतिबेला हुन्थ्यो,जव दैनिक पचा हजार कमाइ हुन्थ्यो।’ गत सोमबार नोबल पुरुस्कार विजेता कैलाश सत्यर्थीको ‘बचपन बचायो, भारत बचायो’ यात्रामा सहभागी हुन दिल्ली पुगेका दुई युवतीले आफ्नो पीडा बीबीसी हिन्दीलाई सुनाएका थिए। उनीहरुसँगको कुराकानीको संपादित अंश


मेरो अपहरण भयो

जन्मिने वित्तिकै मलाइ फोहोरमा फालिएको थियो। मेरा आमा बुवा को हुन मलाइ थाहा छैन। एक पादरीले मेरो पालन पोषण गरेका हुन्। पादरीले नै मलाइ पढाएका हुन्।मलाइ आज पनि याद छ, सात कक्षाको रिजल्ट लिन स्कुल जाँदा मेरो अपहरण भयो। मसँग १५ जना युवती थिए। सबैलाई कतै कतै गलेर बेचियो। विशाखापट्टनम, विजयवाडा र गोवामा हामी सबैलाई बेचियो। केही दिनसम्म मलाइ मुम्बईमा पनि राखियो।

म त्यो बेला बालिका नै थिएँ। मेरो उमेर १२ वर्षको थियो। सबै उमेर समूहका मानिस आउँथे। बाबुको उमेर समानका मानिस पनि आउँथे। जब म उनीहरुसँग यौन सम्पर्क गर्न अस्वीकार गर्थे उनीहरु मलाइ चुरोटको ठुटोले पोलिदिन्थे।

आँखामा खुर्सानीको धुलो

म धेरै रुन्थेँ। धेरै पटक त आत्महत्या गर्ने योजना पनि बनाएँ। म आफैंसँग भन्थे छोरी मान्छेको जीवन किन यस्तो हुन्छ? हामीलाई अध्यारो कोठमा बन्द गरेर राखिन्थ्यो। ग्राहक आएपछि मात्रै निकालिन्थ्यो। हामीलाई एक आपसमा कुरा गर्नसमेत दिइँदैनथ्यो। यदि हामीले आपसमा कुरा गरेको थाहा पाए खुर्सानको धुलो आँखामा हालिन्थ्यो। हामीलाई बेहोस बनाएर बलात्कार गरिन्थ्यो र भिडियो बनाइन्थ्यो। हाम्रो हाजिरी त्यतिबेला हुन्थ्यो जतिबेला दिनमा पाचास हजार कमाइ हुन्थ्यो।

निकै डरलाग्दो थियो…

भनेजति कमाइ भएन भने हामी अनुपस्थित भएको मानिन्थ्यो। र सजाय स्वरुप राति नसिलो पदार्थ सेवन गराएर पिटिन्थ्यो। त्यो पीडा निकै डरलाग्दो हुन्थ्यो। विहान पाँच बजेदेखि रातिको एकबजेसम्म म र म जस्ता साथीहरुले ग्राहकसँग समय विताउनु पथ्र्यो। र जुन दिन भनेजति कमाइ हुँदैनथ्यो, त्यो दिन डिस्कोमा नाच्थें। एउटा दलालसँग ३० देखि ४० वटासम्म कोठा हुन्थे। उनका कैदी धेरै जसो कम उमेरका युवती हुन्थे। कुनै पनि नयाँ युवती आइ भने उसालाई पहिला प्रहरीसँग भेट गराइन्थ्यो। त्यसबापत प्रहरीले छापा मार्ने सूचना दलाललाई दिन्थे।

जुन काम मसँग भयो, अब त्यो कुनै पनि कम उमेरका बालिकासँग नहोस् भनेर अहिले म मुलुकभरका रेड लाइट एरियामा गएर प्रहरीको सहयोगमा उनीहरुलाई बाहिर निकाल्ने काम गरिरहेकी छु। उनीहरुलाई बचाउने क्रमम मैले रेड लाइन एरियामा चक्कु र गोली पनि खाएकी छु। मेरो इच्छा म मर्ने बेलासम्म सबै रेड लाइट एरिया बन्द गर्न सकुँ र आरामले मर्न सकुँ भन्ने छ।

अर्की युवतीको कहानी

मेरो परिवार निकै गरिव थियो। पैसाको अभावमा मेरो पढाइ बन्द भयो। त्यतिबेला मेरो उमेर १४ वर्षको थियो भने म घरकी सबै भन्दा ठूली छोरी थिएँ। ममाथि केही कमाउने दबाब आउन थाल्यो। मसँग कुनै उपाय थिएन म बाध्यताबव हैदरबाद सहर गएँ। निकै दिनसम्म घुमेँ। एक दिन शपिङ मलको अगाडि बसिरहेकी थिएँ। एक युवती मेरो नजिकै आइन र मेरो बारेमा सोधी खोजी गर्न थालिन्।

मैले आफ्नो समस्या बताएँ। उनले माया गर्दै काम दिने वाचा गरिन्। बेसाहारा बनेकी म उनीसँगै गएँ। एक दिन ती महिलाले आफ्ना श्रीमानसँग मिलेर हैदराबादको निकापल्लीमा बस्ने एक परिवासँग मलाई पठाइन्। त्यो परिवार ठूलो भवनको सबैभन्दा माथिल्लो तलामा बस्थ्यो। मलाइ एउटा कुनाको अँध्यारो कोठामा राखियो। जहाँबाट म कराएपनि कसैले सुन्दैनथ्यो।

परिवारको अस्विकार

यो सानो उमेरमा मैले धेरै ग्राहकलाई खुशी बनाउनुपथ्र्यो। एकदमै थाकेपछि म उनीहरुसँग विन्ती गर्थें, तर उनीहरुले सुन्दैन थिए। आफ्नो आवश्यकता पूरा नभएसम्म उनीहरुले मलाइ छोड्दैनथे।

प्रत्येक दिन म रुन्थें। उज्यालो कस्तो हुन्थ्यो भन्ने सम्म पनि थाहा हुँदैथ्यो। यो क्रम धेरै दिनसम्म चल्यो। आसपासमा धेरै घर थिए। ती घरमा एक कालकोठरी हुन्थ्यो। जहाँ बालिकालाई भोकाएका पुरुषको जिम्मा लगाइन्थ्यो र कसैलाई पनि थाहा हुँदैनथ्यो। त्यहाँबाट निस्किएपछि मलाइ थाहा भयो मलाइ एक लाख २० हजारमा बेचिएको रहेछ। एक एनजिओको सहयोगमा म त्यहाँबाट निस्किन सफल भएँ। र म घर जाँदा परिवारले मलाई स्वीकार गर्न मानेन। बिबिसिको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia