काठमाण्डाै । काठमाण्डाैकाे बिभिन्न स्थानमा सुटिङ भएकाे हलिउड चलचित्र एक्सा रिलिज भएकाे छ । गत २०७२ बैशाख १२ गते नेपालमा गएकाे बिनासकारी भुकम्पकाे बेला उद्धारकालागि खटीएका भाेलेन्टियर्सकाे बिषयमा अाधारीत चलचित्र नेपालकाे काठमाण्डाै , लगायत फ्रान्स र थाइल्यान्ण्डमा पनि सुटिङ भएकाे थियाे ।
हलीउडकी प्रशिद्ध माेडल जुली डुबलकाे मुख्य भुमिका रहेकाे उक्त चलचित्रमा नेपाली युवतीकाे पनि भुमिका रहेकाे छ । एक्सामा नेपालकाे तर्फबाट क्रियटिभ डाइरेक्टरकाे काम जनकदीप पराजुलीले गरेका छन ।









