एजेन्सी / बलिउड अभिनेता सलमान खान हाल ‘एक था टाइगर’ को सिक्वेल फिल्म ‘टाइगर जिन्दा हे’ मा व्यस्त छन्। यसपछि उनी आफ्नो सुपरहिट फिल्म ‘दबंग’ को तेस्रो शृंखलाको सुटिङ गर्नेछन्। ‘दबंग’ को दुईवटा शृंखलामा उनी पुलिस अफिसर चुलबुल पाण्डेको भूमिकामा निकै चर्चित बनेका थिए।

निर्माता अरबाज खानले ‘दबंग’ को सिक्वेलको पटकथा लेख्ने काम भइरहेको बताएका छन्। साथै उनले अघिल्लो वर्षको मध्यबाट फिल्मको सुटिङ पनि सुरु हुने बताएका छन्। दर्शक अब तेस्रो शृंखलाको प्रतिक्षामा छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia