इनरुवा कात्तिक १८ /नवयुग एकेडेमी प्रा.लि. इनरुवा ५ बलाहाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एकेडेमीका अध्यक्ष केदारप्रसाद न्यौपानले संचालक समितिका तर्फबाट संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । न्यौपानेले आर्थिक वर्ष २०७४।०७५ कालागि १ करोड ५० लाख बराबरको अनुमानित आय व्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न विधाका उत्कृष्ठ शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।


जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खेमराज पोखरेल, पोष्ट नेपाल, दामोदर आचार्य, जिवनाथ पोखरेल, विष्णु कोइराला, दाताराम पोखरेल, पुरुषोत्तम घिमिरे लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रम एकेडेमीका सदस्य खगेन्द्र पोखरेलले संचालन गरेका थिए भने सदस्य सचिव भरतराज आचार्यले स्वागत मनतब्य राखेका थिए । एकेडेमीमा ९ सय ८६ जना विद्यार्थीहरु अध्ययनरत छन् भने ३८ जना शिक्षक र १४ जना कर्मचारी कार्यरत रहेको संस्थाका सदस्य खगेन्द्र पोखरेलले जानकारी दिए । साधारण सभाकाबिच एकेडेमीमा अध्ययरत विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती समेत पस्केका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia