१६ मंसिर, काठमाडौं ।कृषि विकास बैंक न्यूरोड शाखाका कर्मचारी दिपिका रेग्मी सहित ३ जनालाई करिब ५ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ । रेग्मीसँगै बालाजुका प्रकाश घतानी र काठमाडौं बस्ने दोलखाका रेमशकुमार थापा पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रकम हिनामिनामा रेग्मीको मुख्य संलग्नता देखिएको बताएको छ । बैंकको न्यूरोड शाखाबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको पाइएको सीआईबीले जनाएको छ । प्रहरीले उच्च अदालत पाटनबाट ५ दिनको म्याद थप गराएर तीनै जनामाथि बैंकिङ कसुरमा अनुसन्धान थालेको छ ।








