१८ मंसिर, नयाँ दिल्ली। भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशी कपूरको सोमबार निधन भएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो । सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्माता समेत रहेर ख्याति कमाएका शशी कपूर लामो समय देखि मृगौला सम्बन्धी रोगका कारण विरामी हुनुहुन्थ्यो। शशी कपूरको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । शशी कपूरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गर्नुभएको थियो भने इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गर्नुभएको थियो ।

भारतीय सिने जगतमा उल्लेख्य योगदान पुर्याएका कपूर वंशमा जन्मनुभएका शशी भारतीय चलचित्रका प्रसिद्ध पूराना अभिनेता पृथ्वीराज कपूरका कान्छा छोरा हुनुहुन्थ्यो । उहाँको मङ्गलबार अन्त्येष्टि गरिने बताइएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia