मुम्बई । चर्चित कमेडियन भारती सिंह र क्रिएटिभ राइटर हर्ष लिम्बचिया विवाह बन्धन बाँधिएका छन् । दुई जनाको विवाह समारोह ६ दिनसम्म चलेको थियो । २७ नोभेम्बरमा भारतीको बैंगल समारोह सँगै विवाहको प्रक्रिया शुरु भएको थियो । यसपछि २९ नोभेम्बरमा भारती र हर्षले मुम्बईस्थित घरमा माताको चौकी राखेका थिए जसमा उनका परिवारका सदस्य र केही साथीहरु सामेल थिए ।
गोवामा तीन दिनसम्म समारोह
भारती र हर्षको विवाहको उत्सव गोवामा तीन दिनसम्म चलेको थियो । ३० नोभेम्बरमा भारती र हर्षका परिवार नजिकका साथीहरुसहित मुम्बईबाट गोवा पुगेका थिए । एक देखि तीन डिसेम्बरसम्म भारती र हर्षको विवाहको समारोह (मेहन्दी, हल्दी र स्वयम्वर आदि) र पार्टी (पूल, ककटेल र रिसेप्सन) चलेको थियो ।भारती र हर्षको विवाह र रिसेप्सन गोवा मर्कुइश बीच रिसोर्टमा भएको थियो । जबकी बाँकी कार्यक्रम ७ किलोमिटर टाढा अडोमा रिसोर्टमा भएको थियो । रातोपाटीको सहयोगमा











