केहि दिन अघि मुम्बईमा ‘लक्स गोल्डेन रोज अवार्ड २०१७’ आयोजना सम्पन्न भयो, बलिउडका केहि सुन्दरीहरु बोलाईएको थियो र सुन्दरीहरु पनि निकै आकर्षक अन्दाजमा उपस्थित भए । यस अवार्ड फङ्कशनमा रेड कार्पेटमा उतारिएका सबै अभिनेत्रीहरु आ आफ्नो तारिफ सबैबाट लुटे ।त्यस्तै अभिनेत्री दीपिका पादुकोणले पनि रेड कार्पेटमा आफ्नो नयाँ लुक्सबाट निकै तारीफ बटुले तर सोसल मिडियामा ट्रोल हुन पुगिन् । गोल्डेन कलरको ड्रेसमा उपस्थित दीपिकाको पहिरन उनका फ्यानहरुले मन पराएनन् ।यस इभेन्टमा दीपिका अफ शोल्डर गोल्ड्न कलरको हाइ स्लीप गाउनमा उपस्थित भईन् । उनको यस गाउन लुक्सले उनलाई सुहाएन र भद्धा देखिन पुगिन् ।
दीपिकाले उनको यस तस्विरलाई सोसल मिडियामा सेयर गरे तर उनका फ्यानहरुले उनको तारीफ गर्नुको साटो ट्रोल बनाईदिए । उनका सबै फ्यानहरुले उनलाई आफ्नो पहिरन देखि स्टाईल समेत बदल्न सल्लाह दिएका छन् ।यस अवार्डमा दिपीका पादुकोणको साथमा माधुरी दिक्षीत, करिना कपुर, कट्रिना कैफ, आलिया भाट्ट, ज्याकलिन फर्नाण्डेज, श्री देवी, जुही चावला, यामी गौतम, लगाएतका अभिनेत्रीहरुको उपस्थिती रहेको थियो ।










