२७ मंसिर । निर्माता उदितनारायण साह ‘अरुण’ मधेशी पुत्र–२ आगामी फाल्गुनको पहिलो साता भित्र रिलिज हुने भएको छ । अनुरागी फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको उक्त चलचित्रको मुम्बई स्थित आइ फोकस स्टुडियोमा सम्पादन कार्य समेत सम्पन्न भईसकेको लेखक एवम् निर्देशक समेत रहेका नायक निराजन मेहता ‘मञ्जित’ जानकारी दिएका छन् ।फिल्ममा मधेशको वास्तविक अवस्था चित्रण गरिएको तथा चर्चित कलाकारहरुको उत्कृष्ट अभिनय समेत रहेकोले मधेशी पुत्र–२ लाई दर्शकहरुले औधी मन पराउनेमा आफु विश्वस्त रहेको निर्माता साहको विश्वास रहेको छ ।

नेपाली र भोजपुरी दुई भाषा निर्माण हुन लागेको मधेशी पुत्र–२ मा निराजन मेहता, निशा घिमिरे, ध्रुव कोइराला, मनोज राउत, साहिल साह, सचेन्द्र सरदार, प्रविन लाभ, देव यादव, कमल मण्डल, पुष्पा पाण्डेय लगायतको मुख्य अभिनय रहेको छ ।हालै मात्र मधेशी पुत्र–२ को ‘हम दिवाना हई तोहर…बोलको गीत ‘मधेश दर्पण’ युटुब च्यानलबाट सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायिका अन्जु यादव र पारसमणीको स्वर रहेको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia