तेलुगु आइटम डांसर तथा अभिनेत्री हिना पांचालको लुक मलाइका अरोरासँग मिल्दोजुल्दो छ । यसैकारण मानिसहरुले उनलाई साउथकी मलाइका समेत भन्ने गरेका छन् । हालै हिनाले एक टपलेस फोटोशूट गराएकी थिइन्, जसले उनी यतिबेला चर्चाको शिखरमा छिन् ।मलाइकासँग अनुहार, शरीर र स्टाइल मिल्ने हिना भन्छिन्, ‘म निकै भाग्यमानी छु । मेरो तुलना मलाइकासँग हुने गरेको छ ।’ सन् २०१५ मा फोर्ब्स इंडियाको शीर्ष १०० सेलिब्रेटीमा हिना पनि परेकी थिइन् ।
हिनाले अहिलेसम्म थुप्रै फिल्ममा आइटम डान्स गरिसकेकी छन् । ‘मोहल्ले में हुक्का’, बेवडा-बेवडा, बेबो-बेबो, राजू ओ राजू, टकमक-टकमक र बलम बंबई उनको प्रमुख आइटम डांस हुन् ।उता हिना तेलुगु फिल्मका अलवा तमिल र बलिउड फिल्मका लागि समेत परिचित छिन् । उनले ‘हम हैं तीन खुराफाती’ लाइफ में ट्विस्ट है, जस्ट गम्मट, मिस टनकपुर हाजिर हों, लोड्डे, रत्न मंजरी, यगावरयिनुम ना काक्का, बाबूजी एक टिकट बम्बई जस्ता फिल्ममा काम गरिसकेकी छन् ।











