कतारमा ‘स्टेज शो’ गरेर फर्केकी मोरङ विराटनगरकी समिता गिरी हिजोआज एयर होस्टेज बन्ने ध्याउन्नमा छिन् । केही समयका लागि कलाकारितालाई थाती राखेर इच्छा पूरा गिरी काठमाडौंमा एयर होस्टेज तालिम लिइरहेकी छन् ।
धरानलाई कार्यक्षेत्र बनाएर कलाक्षेत्रमा हामफालेकी उनले ६ भोजपुरी, पाँच नेपाली म्याुजिक भिडियो र तीन नेपाली चलचित्रमा अभिनय गरिसकेकी छन् ।
आफूले अभिनय गरेको नेपाली चलचित्र ‘चर्चा’, ‘के म तिम्रो होइन र’ र ‘धोका’ प्रदर्शन हुन बाँकी छन् । ‘पिरती यस्तै हुन्छ’ मा आइटम डान्स गरेकी उनले धरानमा रहँदा पूर्वाञ्चलका विभिन्न स्थानमा ‘स्टेज शो’ गर्न भ्याएकी छन् । त्यतिमात्रै होइन उनी साथीसँग मिलेर खोलेको ‘हाम्रो डान्स सेन्टर’को नृत्य प्रशिक्षकसमेत हुन् ।
पाँच फिट पाँच फिट उचाइकी उनले अभिनय र कला क्षेत्रमै जम्ने भविष्यको योजना सुनाइन् । उनले मलेसियामा एक र कतारका दुईपटक ‘स्टेज शो’ गरिसकेकी छन् ।
शव्द-तस्विर : विकास चाम्लिङ राई
मोडल : समिता गिरी

साभार: नयापेजबाट













