१. रेखा थापा

रेखा थापा नेपाली चलचित्र उद्योगमा ‘सुपरस्टारडम’को ल्याकत राख्ने एउटै नायिका हुन्। उनको चलचित्रमा नायक को हुन्छन भन्ने कुराले खासै महत्व राख्दैन्। उनको नामै चलचित्र सफल हुन पर्याप्त हुने गरेको छ। उनको भेरिफाइड पेजमा २९ लाख ८२ हजार भन्दा बढि लाइक छ जुन दोस्रो स्थानमा रहेकी प्रियंका कार्की भन्दा झण्डै दोब्बर बढि हो। रेखा थापा फाउण्डेसनबाट समाजसेवा र रेखा फिल्मस्बाट चलचित्र निर्माणमा सक्रिय रहेकी थापा राजनैतिक रुपमा समेत सचेत नायिका मानिन्छन्। फेसबुकमा सक्रिय रहेकी थापाले लगातार पोस्ट गरेकी छिन जसमा फ्यानहरुले लाइक र कमेन्टको वर्षा गर्ने गरेका छन्।

२. प्रियंका कार्की

प्रियंका कार्की यतिखेर सबैभन्दा बढि मिडियामा छाउने नायिका हुन्। वर्तमानमा धेरै व्यस्त र लोकप्रियताको ग्राफमा उक्लिरहेकी कार्की विवादमा पनि आउने गरेकी छिन्। उनको भेरिफाइड फेसबुक पेजमा १५ लाख ५८ हजार भन्दा बढि लाइक छ। अमेरिकाबाट चलचित्र सम्वन्धी अध्ययन गरेकी उनले नृत्य र अभिनयमा राम्रो छाप पार्न सफल भएकी छिन्। उनलाई फेसबुकमा आधारमा दोस्रो लोकप्रिय र चर्चित नायिका भन्न सकिन्छ। उनको पेजमा पनि निरन्तर पोस्ट भइराख्छन् र तीनमा निकै राम्रो ‘फ्यान इन्गेजमेन्ट’ देखिन्छ।

३. नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठ नेपाली चलचित्र उद्योगकी सुन्दर नायिकामा पर्दछिन्। उनको करिअरलाई झण्डै तहसनहस पारेको ‘सेक्स स्क्याण्डल’लाई बिर्साउँदै उनले जुन फड्को मारिन त्यसलाई जति प्रशंसा गरेपनि कमै हुन्छ। श्रेष्ठको भेरिफाइड पेजमा १४ लाख ५ हजार भन्दा बढि लाइक छ जुन दोस्रो नम्वरमा रहेकी प्रियंका कार्की भन्दा केही हजार मात्र कम हो। सानो संसारबाट नेपाली चलचित्र उदयोगमा डेब्यु गरेकी नम्रता श्रेष्ठले कयौं सफल चलचित्रमा काम गरि सकेकी छिन्। उनको पेजमा पोस्टहरु नियमित छैनन्। उनले प्राय फोटो पोस्ट गर्ने देखिएको छ ।

४. सुष्मा कार्की

बोल्ड र बिन्दास नायिकाको छवि बनाएकी सुष्मा कार्की फेसबुक लोकप्रियताका आधारमा चौथो नम्वरमा छिन्। उनलको भेरिफाइड पेजमा ७ लाख ३३ हजार भन्दा बढिले लाइक गरेका छन्। कार्की दर्शकमाझ सेक्सी नायीकाको रुपमा परिचित छिन्। उनका पोस्टमा तस्विर र भिडियो पनि देख्न पाइन्छ। कार्यक्रम प्रस्तोता, मोडल हुँदे चलचित्र जगतमा छिरेकी कार्कीले मेरो एउटा साथी छ बाट डेब्यु गरेकी थिइन् । उनको भविष्यमा राम्रो गृहिणी र चलचित्र निर्माता बन्ने रहर छ।

५. केकी अधिकारी

नायिका केकी अधिकारी पछिल्लो समयमा चलचित्र उद्योगमा आएकी राम्री र चर्चित नायिका मध्येकी पर्दछिन। निकै शालिन व्यक्तित्वकी धनी अधिकारीको अभिनय क्षमता समेत अब्बल मानिन्छ। उनको भेरिफाइड पेजमा ६ लाख २२ हजार भन्दा बढि मानिसले लाइक गरेका छन्। उनले आफ्नो पेजमा प्राय जस्तो दैनिक एउटा पोस्ट गर्ने गरेकी छिन्। उनका प्राय पोस्ट तस्विर हुने गरेका छन् जसमा प्रशस्तै लाइक कमेन्ट आउने गरेका छन। फेसबुकलाई नै चर्चा र लोकप्रियताको आधार मान्ने हो भने उनलाई नेपाली पाँचौ सर्वाधिक चर्चित र लोकप्रिय नायिका भन्न सकिन्छ।नेपाली हेडलाइन्सकाे सहयाेगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia