४ पौष, काठमाडौं। निर्देशक तथा कलाकार दीपाश्री निरौलाले ध्यानका कारण आफ्नो खानपान र जीवनशैली नै बदलिएको बताएकी छन् ।राजधानीको एक होटलमा गत शुक्रबार आयोजित ‘भेज डिनर विद सेलिब्रिटी’ कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । ‘पहिले म ध्यानमा बस्दा आफ्नो ध्यान केन्द्रित गर्नै सक्दिनथेँ । पछि केही साथीहरूले माछामासु खानेलाई ध्यान केन्द्रित गर्न गाह्रो हुने बताए । माछामासु छाडेपछि मेरो ध्यान लाग्न थाल्यो,’ उक्त कार्यक्रममा दीपाश्रीले भनिन्, ‘शाकाहारी भएपछि त मनै चङ्गा हुने, सधैँ ताजा र जवान महसुस पो हुँदोरहेछ ।’चर्चित चलचित्र ‘छक्कापञ्जा’की निर्देशक निरौला विगत २४ वर्ष देखि शाकाहारी छिन् भने उनी जति नै व्यस्त रहँदा पनि प्रतिदिन निश्चित समय ध्यान गर्ने गर्छिन् । कार्यक्रम नेपाल शाकाहारी संघले आयोजना गरेको हो । संघ ध्यान र शाकाहार प्रवर्द्धन गर्ने संस्था हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia