अर्शी खान बिग बोसबाट निकै नै चर्चामा आएकी छन् । उनको बोल्ड अवतारलाई मानिसहरुले मन पराउँदै आएका छन् । यसमा कुनै शंका छैन कि अर्शी खानले बिग बोस-११ मनोरञ्जनात्मक बनाएकी छन् । हालका दिनमा बिग बोसको घरमा रमाइला खेलहरु भइरहेका छन् । शिल्पा शिंदेसँग अर्शीको दुश्मनी चर्चाको विषय बनेको छ । अर्शीले बिग बोसमा एक खुलासा गरिन् कि उनको बाबुले अर्शीको दराजबाट कण्डम फेला पारेका थिए ।

अर्शी खानले बिग बोसको अनसीन भिडियोमा भनिन् कि एक दिन उनको बाबु मुम्बईमा रहेको उनको फ्ल्याटमा आएका थिए । र, उनले सोचे, ‘छोरीको दराज सफा गरिदिउँ ।’ त्यसबेला भने अर्शी कामका लागि बाहिर गएकी थिइन् । अर्शीकी बाबुले सफा गर्ने क्रममा एक डिब्बा भेट्टाए । अर्शीले भनिन्, ‘त्यसपछि मलाई मम्मीको फोन आयो र त्यसबारे प्रश्न गर्न थाल्नुभयो । त्यसदिन लाजका कारण म घरै गइनँ ।’

तपाईको प्रतिक्रिया

trusted online casino malaysia