एजेन्सी । फोर्ब्स पत्रिकाले भारतमा सबैभन्दा धेरै कमाई गर्ने टप १०० सेलिब्रेटीहरूको सूची जारी गरेको छ। अघिल्लो बर्ष झैं यस बर्ष पनि सुपरस्टार सलमान खान नै पहिलो नम्बरमा परेका छन् । ५१ बर्षिय सलमान खानको कमाई २३२.८३ करोड भारु रहेको छ। फोर्ब्सको पहिलो स्थानमा सलमान, दोस्रोमा शाहरुख खान छन् भने तेस्रो स्थानमा क्रिकेटर विराट कोहली रहेका छन्।

दोस्रो स्थानमा रहेका शाहरुख खानको यो बर्ष कुनै पनि फिल्म हिट भएन तर पनि उनले आफ्नो कमाइलाई तल झर्न दिएनन्। उनको बार्षिक कमाई १७०.५ करोड भारु रहेको छ। सूचीको चौथो नम्बरमा अक्षय कुमार परेका छन् भने पाँचौ स्थानमा सचिन तेन्दुलकर परेका छन्। आमिर खान छैटौ नम्बरमा रहँदा सूचीको दशभित्र स्थान बनाउने प्रियंका चोपडा एकमात्रै अभिनेत्री बनेकी छिन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia