विराट कोहली र अनुष्का शर्मा दिल्लीमा विवाह रिसेप्शनपछि शुक्रबार बेलुका मुम्बई पुगेका थिए । र, उनीहरु मुम्बई पुगेपछि आफ्नो नयाँ घर पुगेका थिए । केही समयअघि विराटले बिहेपछि अनुष्कासँग बस्नका लागि मुम्बईमा ३४ करोडमा अपार्टमेन्टमा फ्ल्याट किनेका थिए ।मुम्बईको वर्ली इलाकामा ओंकार नाम गरेको अपार्टमेन्टमा कोहलीलेले फ्ल्याट किनेका हुन् । कोहलीको घर अपार्टमेन्टको ‘सी’ ब्लकमा पर्छ । उनीहरुको घरबाट समुद्रको दृश्यसमेत देख्न सकिन्छ । विराटको घर करिब सात हजार वर्ग फिटको छ ।उक्त अपार्टमेन्टको २९ औं तलामा युवराज सिंहले फ्ल्याट बुक गराएका छन् । विराटको फ्ल्याट ३५ औं तलामा छ । यससँगै विराट र युवराज छिमेकी बन्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia