बलिउड क्षेत्रका चर्चित अभिनेता सलमान खान तीन दिनका लागि नेपाल आउने भएका छन् । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रम ‘दबंग द टुर’ का लागि सलमान खान फागुन २५ गते अर्थात (मार्च ९) मा नेपालमा आउन लागेका हुन् । २६ गते अर्थात मार्च १० तारिखका दिन काठमाडौंको टुँडिखेलमा कार्यक्रम हुनेछ ।

कार्यक्रममा सलमानसँगै बलिउडका नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर प्रभु देवा, डेजी शाह, कृटी सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि सहभागी हुने बताइएको छ । आयोजकका अनुसार मार्च १० को कार्यक्रमको टिकटको मूल्य ३ हजार देखि १० हजार रुपैयाँसम्म हुनेछ । सलमान ११ मार्चमा पुनः मुम्बई फर्किने आयोजकले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia