बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘टाइगर जिंदा है’ले तेस्रो दिन ४४ करोडको व्यापार गरेको छ । यससँगै तीन दिनमा सलमान-कट्रिनाको फिल्मले सय करोडको आँकडा पार गरेको छ ।
क्रिसमस र अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै रिलिज भएको यस फिल्मले दोस्रो दिन ३५.३० करोडको कारोबार गरेको थियो भने पहिलो दिनमा ३४.१० करोड कमाएको थियो । हालसम्म ‘टाइगर जिंदा है’ले १ सय १४ करोड कमासकेको छ । यो फिल्म सन् २०१२ मा रिलिज भएको ‘एक था टाइगर’को सिक्वेल हो । पाँच वर्ष पहिले सलमानको यस उक्त फिल्मले बक्स अफिसमा ३ सय २० करोडमाथिको कारोबार गरेको थियो । त्यसबेला यस फिल्मले आमिर खानको ‘गजनी’को रेकर्ड तोडेको थियो ।









