१५ पौष, लहान। छुवाछूत तथा जातीय विभेद एवं सामाजिक विकृतिविरुद्ध मैथिली भाषामा चलचित्र निर्माण भएको छ। शम्भुनाथ सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको ‘औकात ताकत प्रेमके’ नामक उक्त चलचित्र केही दिनभित्रै प्रदर्शनीमा आउने चलचित्र निर्माता राजकुमारी सरदारले जानकारी दिनुभयो ।

चलचित्रको छायाँकन, रेकर्डिङ र इडिटिङको काम भैरहेको छ, निर्माता सरदारले भन्नुभयो– “अबको एक साताभित्र चलचित्र प्रदर्शनीमा आउनेछ ।” मैथिली एक्सन फिल्म ‘औकात ताकत प्रेमके’ सो चलचित्रमा सामाजमा ब्याप्त रहेको जातीय भेदभाव, छुवाछूत र जमिन्दारी प्रथा तथा शोषक वर्ग र शोषित वर्गबीचको विभेदमा चलचित्र केन्द्रित रहेको निर्माता सरदारको भनाइ छ ।

राजु राजदेव चौधरी निर्देशक रहेको सो चलचित्रमा नायकमा धनराज चौधरी र नायिकामा मोनिका दाहाल रहेका छन् । यस्तै सबुरलाल सरदार, कौशल चौधरी, विवेक विश्वकर्मा, मालिक पण्डित, डिपी शास्त्री र साबिर आलमलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

छ वटा गीत समावेश गरिएको चलचित्रमा मिथिला क्षेत्रका गायक सन्नु मण्डल, भागवत मण्डल, गायिका अन्जु यादव, सोनी र मुनचुनले सुमधुर स्वर दिनुभएको छ । यज्ञ पराजुलीको छायाँकनमा निर्माण भएको सो चलचित्रमा दर्पी सरदार(मुस्कान) ले नृत्य निर्देशन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia