यस वर्ष विवादका कारण सर्वाधिक चर्चामा आएको संजयलिला भन्साली निर्देशित ‘पद्मावती’लाई भारतीय सेन्सर बोर्डले पास गरेको छ। सेन्सर पास भएसँगै दीपिका पदिकोण, शाहिद कपुर तथा रणवीर कपुर फिल्मलाई नयाँ रिलिज मिति घोषणा गर्ने बाटो खुलेको छ। फिल्म बिहिबार ‘यू ए’ प्रमाणपत्र पाउँदै सेन्सरबाट पास भएको हो। सेन्सरले प्रदर्शनका लागि फिल्मका केहि दृश्यहरू काट्न पनि निर्देश दिएको छ। सेन्सरले फिल्मको नाम परिवर्तन गर्न पनि आदेश दिएको छ।

अब फिल्मको नाम ‘पद्मावती’ नभइ ‘पद्मावत’ हुनेछ। फिल्म १६ शताब्दीका चर्चित कवि मलिक मुहम्मद जयासीको कृतिमा आधारित रहेको तञ्यलाई ध्यानमा राख्दै फिल्मको नाम परिवर्तन गर्न लगाइएको भारतीय संचारमाध्यमले जनाएका छन्। फिल्ममाथी भारतको राजपुत समुदायले आफ्नो ऐतिहासिक तथ्य र गरिमालाई  तोडमोड गरिएकोले आप्नो अनुमतिले मात्र फिल्मलाई प्रदर्शन गर्नुपर्ने अन्यथा प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै आएको थियो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia