अमिर खानको बहुचर्चित चलचित्र ‘लगान’ का ईश्वर काका भनिने पात्र श्रीवल्लभ व्यासको ६० वर्षको उमेरमा निधन भएको छ । लामो समयको बिमारपछि आइतबार उनको निधन भएको हो । केहिसमय अघि शुटिङको दौरान उनलाई प्यारालाईसिस भएको थियो । उनको पत्नी शोभाका अनुसार उनको बिमारको कारणले २ वर्षमा उनीहरुलाई तीनवटा घर परिवर्तन गर्नु परेको थियो । मानिसहरुले पतिको बिमारको कारणले उनीहरुलाई आफ्नो घरमा राख्न नमानेको शोभाले बताइन् ।
श्रीबल्लभ मात्र नभएर बलिउडका धेरै हस्तीहरुले जीवनको अन्तिम दिन बेवारिसे अवस्थामा दर्दनाक मृत्य भोगेका छन् । त्यसमध्ये ७०/८० दशककी चर्चित अभिनेत्री परवीन बबीदेखि लिएर ‘शोले’ चलचित्रका रहिम चाचा पात्र एके हंगल पनि पर्छन् ।
परवीन बबीको निधन २० जनावरी २००५ मा भएको थियो । उनी सिजोफ्रेनिया नामको अनुबंशिक मानसिक रोगबाट ग्रसित थिइन् । साथै उनी डायबेटिज र गैंगरीनबाट पनि पीडित थिइन् जसकारण उनको किड्नी लगायत शरीरको धेरै अंगहरुले काम गर्न छोडेको थियो । तर, उनको निधन पछाडिको कारण त्यही विमार वा आत्महत्या थियो भन्ने हालसम्म खुलेको छैन । दुई दिनदेखिको पत्रिका र दूधको प्याकेट घरबाहिर देखेपछि उनको छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यस समयसम्म उनको निधन भैसकेको थियो ।
त्यस्तै बलिउड तथा साउथ इन्डियन चलचित्रमा नकरात्मक भूमिकामा देखा पर्ने रामी रेड्डी पनि जीवनको अन्तिम दिनमा हड्डीहरुको ढाँचामा मात्र देखा परेका थिए । लिवर साथै किड्नीको रोगबाट ग्रसित रेड्डीलाई विमारको कारणले चिन्नै मुस्किल थियो । यस्तै क्रममा उनको १४ अप्रिल २०११ मा निधन भएको थियो ।
‘त्रिदेव’, ‘चमत्कार’ र ‘मोहरा’ जस्ता चलचित्रहरुमा आफ्नो नकरात्मक भूमिकाको मिसाल कायम गरेका अभिनेता गौविन पैकर्डको १८ मे २०१२ मा स्वासप्रस्वासको समस्याले निधन भएको थियो । श्रीमतीसँग छुटिएर बसेका गोभिन अन्तिम दिनमा आफ्ना भाइ डेरिल पैकर्डको हेरचाहमा थिए । उनको निधनपछि अन्तिम बिदाईमा कुनै पनि बलिउड कलाकारहरु उपस्थित थिएनन् ।
रजनीकांत र कमल हसलजस्ता ठूला कलाकारपनि सँगै काम गर्न चहाने ८० दशकको साउथ इन्डिन चलचित्रकी चर्चित अभिनेत्री निशा नूरको पनि अन्त्य एकदमै दर्दनाक भएको थियो । एकजना चत्रचित्र निर्माताले छल गरेर उनलाई वेश्यावृतिमा धकेलीदिएपछि उनी चलचित्र क्षेत्रबाट ओझेल भएकी थिइन् । त्यसपछि विस्तारी आर्थिक अवस्था खराब भएको उनी अन्तिम समयमा सडकमा नजुक अवस्थामा फेला परेकी थिइन् । पछि थाहा भयो कि उनलाई एड्स संक्रमित रहिछिन् । यसरी नै उनले पनि २००७ मा जीवनको लडाईमा हार खाइन् ।
‘शोले’ जस्तो चलचित्रमा अभिनय गरेका एके हंगलको पनि अन्तिम दिनहरु एकदमै ह्रदयविदारक थिए । हंगल आफ्नो अन्तिम दिनहरुमा गरिबि र रोगसँग एकैसाथ जुधिरहेका थिए । जब उनको अवस्था एकदमै खराब थियो तब उनीसँग उपचारको लागि पैसा थिएन । उनको छोराले जब उनको उपचारको लागि खर्च नभएको बताए तब अमिताभ बच्चनले उनको उपचारका लागि २० लाख रुपयाँ दिएका थिए । तर २६ अगस्त २०१२ मा ९८ वर्षको उमेरमा उनको निधन भयो ।
त्यस्तै ६०/७० का दशकमा आमाको भूमिकामा रहने गरेकी अभिनेत्री अचला सचदेवको पनि अन्तिम क्षण त्यस्तै थियो । २००२ मा पतिको निधनपछि उनी पुणेमा एक्लै बस्दै आएकी थिइन् । एकदिन पिउने पानी लिनजाने क्रममा लडेर उनको खुट्टाको हड्डी टुटेको थियो । उनको अन्तिम समयमा रेखदेख गर्नेसम्म कोहि थिएनन् । उनको एकजना मित्र राजीव नन्दाले बलिउडका प्रमुख हस्तीहरुलाई खबर गर्दासम्म कसैले उनको खोजखबर गरेन । यसैक्रममा उनको २०१२ मा निधन भयो । अचलाका छोरा अमेरिकामा र छोरी मुम्बाईमा छन् तर उनीहरु आमाको सम्पर्कमा थिएनन् ।एजेन्सी









