५ माघ, काठमाडौं। अभिनेता सलमान खानका भाइ एवं फिल्म निर्देशक, निर्माता तथा अभिनेता सोहेल खान काठमाडौं आइपुगेका छन् । सोहेल आफ्नो दाई सलमान खानको कन्सर्ट ‘दबंगः द सलमान खान लाइभ इन नेपाल’ को पक्का गर्न नेपाल आएका हुन्। सलमान खानको यो कन्सर्ट आगामी फागुन २६ गते शनिबार टुडिखेलमा हुँदैछ । सोहेलले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे बुझ्ने छन् ।

होटलमा शुक्रबार बेलुका ४ बजे पत्रकार सम्मेलन हुँदैछ । अहिले उनी सोल्टी होटलमा छन् । यही कन्सर्टमा बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउँदै छन्। ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो। आयोजकका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउने भएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia