बलिउड अभिनेता सलमान खानको नेपाल आउने मिति तय भएको छ । उनी आउँदो मार्च ९ तारिखमा काठमाडौं आइपुग्ने भएका छन् । आयोजक ओडीसी इन्टरटेनमेन्टका अनुसार सलमान जेट एयरलाइन्सको विमानबाट २५ गते काठमाडौं आइपुग्नेछन् ।

७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा बस्ने छन। सलमान नेपालमा तिन दिन बस्ने छन् । उनीसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउने बताइएको छ । दोस्रो पल्ट नेपाल आउन लागेका सलमानलाई १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिने बताइएको छ । उनका ५ सय प्राइभेट सुरक्षाकर्मी ४ सयजना स्वयंसेवक परिचालन गरिने बताइन्छ । उक्त कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइने र टिकट ३ हजार, ५ हजार र १० हजार दरका हुने बताइएको छ।मिडियाएनपीको सहयोगमा

तपाईको प्रतिक्रिया

trusted online casino malaysia