१६ माघ। यही माघ १९ बाट नेपालभरी नै प्रदर्शनमा आउन लागेको चलचित्र ‘शेरबहादुर’ ले केन्द्रिय चलचित्र जाँच समितिलबाट ‘पिजी सर्टिफिकेट’ पाइसकेको छ । चलचित्र ‘शेरबहादुर’ ले १६ वर्ष उमेर मुनिकाले अभिभावकको साथमा हेर्न पाइने गरी प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट पाएको हो ।
आर राजवंशी निर्देशित यस चलचित्रमा शेरबहादुरको भूमिकामा सुनिल थापालाई देख्न सकिन्छ । चलचित्रमा प्रमोद क्षेत्रीको कथामा प्रदिप भट्टराईको सह– निर्देशन रहेको छ । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यस चलचित्रमा सुनिल थापा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारलाई देख्न सकिन्छ ।चलचित्र ‘शेरबहादुर’ ले अवकास प्राप्त आर्मीको जीवन घटनालाई कथावस्तुको आधार बनाएको छ ।









