१८ माघ। बलिउडमा पछिल्लो समय पद्मावत फिल्मले ठुलै विवाद सिर्जना गर्यो । फिल्म रिलिज पुर्व नै चरम विवादमा रहेको फिल्म रिलिज पश्चात पनि उत्तिकै विवादमा रह्यो ।
तर, यसले बक्स अफिस कलेक्सनमा भने खासै असर पारेन । फिल्मले हालसम्म १४३ करोड भारतीय रुपैयाँ कमाइ सकेको छ । फिल्मको कथाबस्तुलाई लिएर विवाद भएपनि दर्शकले भने फिल्मलाई मन पराइदिएका छन् । यस फिल्ममा साहिद कपुर, दीपिका पादुकोण, रणवीर सिंह जस्ता कलाकारको प्रमुख भुमिका रहेको छ । यस फिल्मलाई संजय लिला भंसालीले निर्देशन गरेका हुन् ।








