८ फागुन, इनरुवा। गत साउन २७ गते बाट प्रदर्शनमा आएको चलचित्र ‘संरक्षण’ पुन: रिलिज गर्ने तयारी गरिएको छ। श्रावणमा आएको बाढीका कारण व्यापारमा अवरोध आएको भन्दै ‘संरक्षण’लाई फेरी रिलिज गर्न लागिएको हो । यहि फाल्गुन १७ होलिको अवसरमा चलचित्रलाई तराईमा रि – रिलिज गर्न लागिएको हो । जनकपुर, बीरगञ्ज तथा मधेसी जनता बाहुल्य रहेका ७ भन्दा बढी शहरमा रि- रिलिज गर्न लागिएको हो ।गत श्रावणमा आएको बाढीका कारण व्यापारमा अवरोध आएको भन्दै ‘संरक्षण’ फिल्मलाई तराईमा रि – रिलिज गर्ने तयारी भएको छ ।

राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ उठाएको यो चलचित्र पुर्नेन्दु झाले निर्देेशन गरेका हुन् । चलचित्रलाई प्रदिप कुमार उदय र नरेन्द्र महर्जनले मिलेर बनाएका हुन् । चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia