काठमाडौ । सांसद हृदयेश त्रिपाठीले कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै तत्काल कर वृद्धिको सम्बोधन नभए संघीयता खतरामा पर्ने चेतावनी दिएका छन् । सोमवारको संसद बैठको विशेष समयमा बोल्दै उनले स्थानीय सरकारले मनोमानि ढंगले कर लगाउने काम गरिरहेको भन्दै उनले त्यस तर्फ तत्काल गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
उनले कर वृद्धिको समस्या सम्बोधन समयमै गर्न नसक्ने हो भने त्यसले संघीयतालाई खतरामा पार्ने बताए । उनले भने, ‘स्याङजामा एउटा ज्योतिषलाई पनि २ हजार कर लगाइयो, उनी ज्योतिष सेवा गरिहेका हुनाले २ हजार कर तिर्नू पर्ने ?, विचारा ज्योतिषलाई थाहा नै छैन आफ्नो भाग्य कस्तो छ , उनि पनि २ हजार करको चपेटामा परे’
सांसद् त्रिपाटीले करको भारी बोकि रहेका जनतालाई अब, कुखुरा, परेवा जे देख्यो त्यसमा कर लगाइदिने भन्दै सरकारलाई प्रश्न गरे ? उनले भने, ‘हुँदा हुँदा अब मान्छे माथि कर लगाउने स्थिति आइसक्यो, यस विषयमा सरकार सचेत भएन भने कसै कसैलाई लागेको होला संघीयतालाई वद्नाम गर्नलाई यो पर्याप्त छ । तर संघीयता एक्लै अब घायल हुनेवाला छैन ।’
उनले कर विरुद्धको आन्दोलन सुरु भइसकेको पनि बताए । उनले भने, त्यस तर्फ ध्यान दिइएन भने संघीयता एक्लै मात्रै घायल हुनेवाला छैन अरु चिज पनि घायल हुनेवाला छन्। त्यसकारण सबैले आफ्नो आफ्नो इष्टदेवको फोटो लिएर रुनुपर्ने अवस्था आउला ।”
मनोमानी ढंगले कर थोपर्ने काम भइरहेको भन्दै उनले कर वृद्धिलाई आम जनताले निर्वाचनले दिएको उपहार भन्ने बुझ्न थालिसेकेको भन्दै उनले तत्काल यो समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए । उनले संघीयताको विफलता भन्दा पनि कर प्रणाली र कर शैलीको विफलता भएको भन्दै उनले कर वृद्धिको समस्या अबिलम्ब सम्बोधन गर्न सरकारसंग माग गरे । एसकाठमाडौको सहयोगमा








