ब्लकबस्टर फिल्म शोले रिलिज भएको आज ४३ वर्ष पूरा भयो । हिन्दी सिनेमा जगतमा यस फिल्मलाई ऐतिहासिक फिल्म मानिन्छ । यो फिल्म पहिलो पटक १५ अगस्ट १९७५ मा सिनेमा हलमा प्रर्दशन भएको थियो । ४३ वर्षपछि पनि त्यत्तिकै ताजा र सबैको मन छुन सकेको यस फिल्मका केही त्यस्ता रोचक कुराहरु छन् जो धेरैलाई थाहा छैन आज हामी बताउँदै छौं ।
सबैभन्दा पहिले चर्चा फिल्मका खलनायक गब्बरको जसको भूमिकामा थिए अमजद खान । तर उनी अघि त्यस भूमिकाका लागि डैनी डेन्जोक्पालाई प्रस्ताव गरिएको थियो । तर डेट नमिलेको कारण डैनी शोलेमा शामेल हुन पाएनन् ।
फिल्मकी अभिनेत्री हेमा मालिनी जो बसन्ती तांगेवालीको भूमिकामा थिइन् उनले उक्त भूमिकालाई पहिले स्वीकार गरेकी थिइनन् तर पछि फिल्म निर्माता रमेश सिप्पीले सम्झाइबुझाई गरे पछि उनी राजी भएकी थिइन् । शोले फिल्मको समयमा अभिनेत्री हेमा मालिनी र अभिनेता धमेन्द्र प्रेम सम्बन्धमा थिए । शूटिङको दौरानमा बारम्बार हेमासँग सीन गर्नका लागि आफ्नो सिन विगार्न लाइट ब्वाईलाई पैसा दिने गर्दथे । जसले गर्दा धर्मेन्द्रलाई हेमासँग रोमान्स गर्न धेरै मौका मिल्थ्यो ।
फिल्मका खलनायक गब्बरको खाँकी सुटलाई मुम्बईको चोर बजारमा खरिद गरिएको थियो । गब्बरले डाकूवाला लूक पाउनका लगि पूरै फिल्म शूटिङ समयभरी एक पटक पनि ड्रेस धोएनन् । शोले फिल्मको केही दिन अघि मात्र अभिनेता सन्जिव कुमार जो फिल्म ठाकुरको भूमिकामा छन् अभिनेत्री हेमालाई विवाहको प्रस्ताव राखेका थिए जसलाई हेमाले अस्वीकार गरेकी थिइन् । यसै कारण फिल्ममा हेमा र सन्जिव कुमारको सिन छैन बराबर छ । धर्मेन्द्र ती सबै कुरा थाहा भएको कारण हेमा र सन्जिव कुमारलाई कुराकानीको अवसर नदिन शूटिङ समय हेमाको वरिपरी नै डुलिरहन्थे ।
सन्जिव कुमार अघि ठाकुरको भूमिकामा प्राणलाई विचार गरिएको थियो तर रमेश सिप्पी सन्जिव कुमारको अभिनयको कायल भएका कारण अन्तत्वगत्व उक्त भूमिका सन्जिव कुमारलाई नै मिल्यो । फिल्मा जयको भूमिकामा रहेका अमिताभ र ठाकुरको विधुवा बुहारीको भूमिकामा रहेकी जयाबीच ३ जून १९७२ मा विवाह भएको थियो । फ्लप फिल्मका कारण वाक्क भएका बच्चन दमपत्तीलाई शोलेले ठूलो सफलता दिलाएको थियो । तर फिल्मको शूटिङको दौरान जया गर्भवती भइन् र यसले शूटिङमा ढिलाई भएको थियो ।









