ncell
काठमाडौं,पुष ६ । नेपालको दोस्रो ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेल नेपालको इतिहासमा अहिलेसम्मकै ठूलो मूल्यमा विक्रि भएको छ । एक खर्व ४० अर्बमा भ्यालुएसनसहित एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले मलेसियाको कम्पनी एक्जियटालाई बिक्री गरेको हो। कम्पनिले आफ्नो स्वामित्वमा रहेको सेयर एक अर्ब तीन करोड डलरमा विक्रि गरेको छ । त्यसैगरी एनसेलको अनौपचारीक स्वामित्वमा रहेको निरज गोविन्द श्रेष्ठको सेयर पनि उक्त कम्पनिले भावना सिंह श्रेष्ठलाई चार करोड ८० लाख डलरमा विक्रि गरेको छ ।

त्यसैगरी एक्जियटाले भाइजर समूहसंग भएको १९ दशमलव ६ प्रतिशत सेयर पनि आफ्नो स्वामित्वमा लिएको छ । एनसेलमा यसअघि तीन पाटर्नर भएकोमा अब दुई मात्रै पाटर्नर भएका छन्। नर्वेजियन कम्पनी टेलियासोनेरा, कजाख कम्पनी भाइजर र नेपाली साझेदार निरज गोविन्दबाट अब ८० प्रतिशत सेयर स्वामित्व एक्जियटासँग हुनेछ भने बाँकी २० प्रतिशत सेयर भावना सिंह श्रेष्ठको सिंगापुरमा दर्ता भएको कम्पनी सुनिभेरा क्यापिटल भेञ्चरसँग हुनेछ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia