प्रकाशित मिति: मंगलबार, पौष ०७, २०७२
समय: ३:४९:२५

पुस ७ काठमाडौं । नापतौलमा ठगी गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले भक्तपुर फ्यु सेन्टरका संचालक पुनराम बखाडेयलाई थुनामा राख्न आदेश दिएको छ ।न्यायाधीश लिप्तबहादुर थापाको इजलासले दुई वर्षदेखि गठी गर्दै आएका बखाडेयलाई तत्काल प्राप्त प्रमाणका आधार छाड्न नमिल्ने भन्दै कारागार चलानको आदेश दिएका हुन् ।उनीविरुद्ध अनुसन्धानमा सम्लग्न महानगरी प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार बखाडेयले तोकिएको परिणामभन्दा कम मात्र ग्राहकले पाउने गरी हजारौं ठगेका थिए । ललितपुर र काठमाडौंका पम्प संचालकहरु अझै थुनामा छन् । उनीहरुको बयान चलिरहेको छ । आजको
कान्तिपुर दैनिकमा समाचार छ ।