rapeपुष ११ काठमाडौं । वैशाखको विनाशकारी भूकम्पले रमा गुरुङ (नाम परिवर्तन) को जीवनमा ठूलो विपत ल्याइदियो । त्यो भन्दा ठूलो विपत काठमाडौंको डान्सबारमा यौनशोषण सहनुपर्दा सहनुपरेको छ उनले ।

भूकम्पमा परिवारका सबै सदस्य गुमेर बेसाहरा बनेकी उनलाई एक युवतीले जागिर लगाइदिन्छु भनेर काठमाडौं ल्याई डान्सबारको जिम्मा लगाइदिएपछि रमाले धेरै व्यक्तिको यौनशोषण सहन बाध्य भएकी हुन । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनिन् ‘मलाई प्रहरीले ओच्छ्यान बनाएका छन् । तपाईहरुसँग कारबाही गर्ने हिम्मत छ भने मेरो गोपनीयता कायम गरिदिनोस म नाम दिन तयार छु ।’ उनले डान्सबारका मालिकबाट पनि यौनहिंसाको सिकार हुनुपरेको बताएको 

खानलाउन दुःख भएकै कारण यौनकर्ममा लाग्नुपरेको उनको गुनासो छ । गुरुङ जस्तै पीडा भोगेकी सिन्धुपाल्चोककी बन्दना राई (नाम परिवर्तन) को पनि छ । भूकम्पमा परिवार गुमाएकी उनीसँग छोरीमात्रै जीवित छन् । ‘मैले पढेकी छैन, जागिर कसले दिन्छ मलाई ? त्यसैले म क्याबिनमा काम गर्छु । म धेरैपटक प्रहरीको सिकार भएकी छु,’ उनले भनिन् ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia