काठमाडौं । संघीय संसद्को तेस्रो अधिवेशनले संविधानसँग बाझिएका र संशोधन गर्नुपर्ने कानुन निर्माण गरी संविधान कार्यान्वयनको बाटो खुला गरेको छ । गत ११ पुसबाट सुरु भई आइतबार सम्पन्न भएको अधिवेशनमा ४६ पटक बैठक बसेको थियो । ८९ दिनसम्म चलेको संसद्को तेस्रो अधिवेशनमा प्रतिनिधिसभातर्फ ३२ दिनमा ४६ बैठक बसी जम्मा ६१ घण्टा ५ मिनेट ससंदीय काम कारबाही भए । सो अवधि संसद्को महŒवपूर्ण काममा बितेको थियो । यो अवधिमा संविधानसँग बाँझिएका ऐन कानुन निर्माण र संशोधन गर्ने कामसँगै थप नयाँ कानुन पनि निर्माण भएका छन् ।यस अवधिमा प्रतिनिधिसभामा जम्मा २३ सरकारी विधेयक दर्ता भएकामा आठ विधेयक सभामा प्रस्तुत हुन बाँकी छ । साटवटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् ।

‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक, २०७५’ माथि राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त भएको जानकारी प्रतिनिधिसभामा टेबुल भएको छ । अन्य ६ वटा विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भइसकेको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न सात विधेयकमध्ये चार विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने दुर्ई विधेयक समितिमा विचाराधीन अवस्थामा छन् । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पेस भएको ‘राहदानी विधेयक, २०७५’ राष्ट्रिय सभामा विचाराधीन छ ।
यसैगरी, राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभाको दोस्रो र तेस्रो अधिवेशनमा प्राप्त भएका विभिन्न ८ विधेयकमध्ये चार विधेयक प्रतिनिधिसभाले पारित गरिसकेको छ । राष्ट्रिय सभाबाट पारित भई आएको ‘प्रशासकीय अदालत विधेयक, २०७५’ प्रतिनिधिसभाको संसदीय समितिमा छलफलको क्रममैै छ ।
यस्तै, राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पुगेको ‘ज्येष्ठ नागरिक ९पहिलो संशोधन० विधेयक, २०७५’, ‘नागरिक लगानी कोष ९दोस्रो संशोधन० विधेयक, २०७५’ र ‘विज्ञापन ९नियमन गर्ने० विधेयक, २०७५’ प्रतिनिधिसभामा टेबुल भएको छ । तेस्रो अधिवेशन सुरु भएकै दिन गत ११ पुसको बैठकमा पेस भएको ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ माथि छलफल गरी १७ पुसमा स्वीकृत भएको थियो ।
करिब २६ वर्षअघि बनाइएको सवारी तथा यातायात व्यवस्था ऐन र २० वर्षअघिको सवारी तथा यातायात व्यवस्था नियमावलीका आधारमा यातायात व्यवस्थापन भइरहेको अवस्थामा सडक सुरक्षाको व्यवस्थापन गर्नेतर्फ संसद्ले सरकारलाई घचघच्याउने काम ग¥यो । यस विषयमा शिक्षा र सचेतनामार्फत सडक प्रयोगकर्तालाई सुरक्षित बनाई राष्ट्रसंघीय दिगो विकासको लक्ष्यले तोकेको सन् २०२० भित्र सडकजन्य दुर्घटनामा परेर ज्यान गुमाउने र घाइते हुनेको संख्या घटाउन राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२० कार्यान्वयन गर्ने विषयमा संसद्मा विशेष छलफल गरेको थियो ।
यसैगरी, संसद्मा ‘स्वास्थ्य बिमा ऐनअन्तर्गतका कार्यक्रमलाई देशव्यापी रूपमा लागू गर्दै गुणस्तरीय औषधि उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको इमर्जेन्सी, आईसीयूलगायतको प्रबन्ध गर्ने विषयमा विशेष सार्वजनिक महŒवको विषयले प्रवेश पायो । यसमा सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कानुन, नियम र निर्देशिका बनाई लागू गर्न आवश्यक भएकाले त्यसतर्फ विशेष ध्यान दिन सरकारलाई निर्देश गर्ने काम भयो ।
यसैगरी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडीका कारण सुत्केरी तथा महिनावारी भएका महिलाले अपमान र अमानवीय व्यवहार सहँदै आउनुपरेको विषयले संसद्मा विशेष महŒव पायो । सो रुढीवादी अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान सञ्चालन गर्न संसद्ले सरकारलाई रुलिङ नै ग¥यो । यस विषयमा सरकारका तर्फबाट मन्त्रीहरूले पनि त्यस विषयमा विशेष महŒव दिने प्रतिबद्धता जनाए ।
दोस्रो अधिवेशनसम्म पनि कार्यान्वयन हुन नसकेको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम यसै अधिवेशनबाट सुरु भएको छ । गत ४ माघको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को परिच्छेद ९ को व्यवस्थाबमोजिम प्रारम्भ भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रममा सांसदले आवाज उठाएपछि प्रधानमन्त्रीले संसद्मा प्रश्नोत्तर कार्यक्रममा भाग लिए । साथै सभाको विभिन्न बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मन्त्रीले सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा भाग लिए ।तेस्रो अधिवेशनको अवधिमा सदनको विभिन्न बैठकमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनबारे मन्तव्य दिए । यस्तै, गृहमन्त्रीले नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको सम्झौताका विषय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा सार्वजनिक महŒवको वक्तव्य दिए ।यही अवधिमा पूर्व सदस्यहरू चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर, मोतीदेवी थारू, कमलादेवी शर्मा, रवीन्द्रप्रसाद अधिकारी, भरतमोहन अधिकारी, गणेश पण्डित र जितबहादुर पुरीको निधन भएकामा शोक प्रस्ताव पारित भयो । राजधानीबाट ।









