राजविराज । हराएको १६ दिनपछि एक बालकलाई भारतबाट उद्दार गरि आफन्तको जिम्मा लगाइएको छ । गत चैत १ देखी हराइरहेका सप्तरीको राजगढ गाउँपालिका ६ फकिरा टोलका १२ वर्षिय बालक राजकुमार खंगको भारत बिहार राज्यको दरभंगाबाट उद्दार गरि आइतबार स्थानिय प्रशासनले आफन्तको जिम्मा लगाएको हो ।गाउँबाट दिदीलाई भेट्न सीमावर्ती भारतीय बजार लौकहीतर्फ जाने क्रममा भुलवस बालक राम दरभंगा जाने बसमा चढेका थिए । गाडीमै निदाएका उनलाई चालकले दरभंगा पुगेपछि रेल्वे स्टेशन चौक नजिक ओरालेका थिए ।

कहिल्यै नदेखेको ठाउँमा पुगेर अलपत्र पुगेका उनलाई भारतीय रेल्वे प्रहरीले सोही दिन राती ११ बजे तिर दरभंगास्थित बाल कल्याण विभागको जिम्मा लगाएको थियो । विभागले बालक रामसँग आवश्यक विवरण बुझ्दै त्यसबारे जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरेको थियो । यता रामका पीता रामअवतार रआमा शान्ति देवी पनि हराएको छोरा खोज्न चारैतिर भौतारिएका थिए ।

भारतको दरभंगाबाट विभाग मार्फत खबर हुनासाथ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आवश्यक कागजातसहित बाल कल्याण समिति सप्तरीका सदस्य सचिव बैजनाथ झालाई त्यसतर्फ पठाएका थिए ।बालक रामलाई लिएर झा फर्केपछि आइतबार जिल्ला प्रशासन कार्यालयमा आफन्तलाई जिम्मा लगाइएको छ । हराएको १६ औं दिनपछि भएको परिवारिक मेलले बालकसँगै आमा बुबा निकै हर्षित देखिन्थे । हराएको छोरा अब भेटिएलान् भन्ने विश्वास घट्दै गएको थियो, बालक रामका बुबा रामअवतारले भने, “तर स्थानिय प्रशासन र बाल कल्याण समितिको सहयोगले यो खुशी सम्भव भएको हो ।” बालक रामले भने, “बल्ल घर आइपुगे अब फेरी त्यस्तो गल्ति गर्दिन् । ” राजधानीबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia