काठमाडौं । सर्वोच्च अदालतसहित देशभरका अदालतले अब तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा पुनः सुनुवाइ गर्नुपर्ने भएको छ । अदालतमा विचाराधीन भएका तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा पुनः सुनुवाइ भएर फैसला हुने भएको छ । पुनः सुनुवाइको प्रक्रिया नयाँ ऐन संशोधन, मुलुकी संहितासम्बन्धी नेपाल ऐन लागू भएपछि कार्यान्वयनको चरणमा रहेको सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले जानकारी दिए । मुलुकी संहिता, दण्ड जरिमानासम्बन्धी ऐनअनुसार सुनुवाइपछि सजाय निर्धारण पुनः हुनेछ । नयाँ मुद्दा र विचाराधीन मुद्दाको सुनुवाइ पुनः गरिने र सजाय निर्धारण गर्नका लागि दोस्रो सुनुवाइ हुनेछ । यसअघि एउटा मुद्दामा एकपटक सुनुवाइ भएपछि सोही इजलासले मुद्दाको छिनोफानो गर्नुका साथै सजाय निर्धारण गर्ने गरेको थियो ।अब तीन वर्षभन्दा बढी सजाय हुने मुद्दाको गत वैशाख २ गतेबाट लागू हुने गरी पहिलोपटक सुुनुवाइ हुनेछ भने पुनः अर्को इजलासले कति सजाय हुन्छ भनी निर्धारण हुनेछ । उक्त मुद्दाको प्र्रक्रिया एक महिनाभित्र मिसिल सबै हरेर सुुनुवाइ गरी दण्ड सजायका लागि अदालतले छुट्टै इजलास गठन गरेर सजाय तोक्नेछ ।

मुद्दा फस्र्योटमा कमी
त्यस्तै, गत वर्षको फागुन मसान्तसम्म उच्च र जिल्ला अदालतमा १ लाख ५८ हजार ७६४ मुद्दा रहेकोमा ६८ हजार ५३८ मुद्दा फस्र्योट भएका छन् । यो कुल दर्ता भएका मुद्दाको ४३ प्रतिशत हो । सर्वोच्चमा मात्रै चैत मसान्तसम्ममा ३० हजार ६५५ मुद्दा परेको छ । तीमध्ये ७ हजार १९२ अर्थात् २३ दशमलव ४७ प्र्रतिशत मुद्दा मात्रै फस्र्योट भएको छ । मुद्दा फस्र्योट कमी आउनुमा न्यायाधीश र अन्य जनशक्तिको अभाव प्र्रमुख कारण रहेको सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले बताए । ‘जुन गतिमा मुद्दाको गति बढ्नुपर्ने हो, त्यो हुन सकेको छैन्,’ उनले भने, ‘आगामी दिनमा मु्द्दा फस्र्योट दर बढ्नेछ ।’
आचारसंहिता लागू
कर्मचारीले अब व्यक्तिगत आचरणसम्बन्धी कुनै पनि कार्य अदालतको समयावधिभर गर्न पाउनेछैन । सामाजिक सञ्जालअन्र्तगत फेसबुक, ट्वीटर, भाइबर, मेसेन्जर प्रयोग गर्न रोक लगाएको छ । सामाजिक सञ्जालमा अनुशासनका कुरा, न्यायाधीशमाथि आक्षेप लगाउने, मर्यादा भुल्न नहुने र सामाजिक सद्भावमा खलल पुग्ने खालको पोस्ट गर्न नपाउने मुख्य रजिस्ट्रार निरौलाले जानकारी दिए । २७ चैतमा बसेको फुल कोर्टले ऐन बनेको ११ वर्षपछि आचारसंहिता अनुमोदन गरेको थियो ।
सामाजिक सञ्जाल प्रयोग गर्दा सतर्कता अपनाउनुपर्ने
अदालतले मातहतका कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा सतर्कता अपनाउनुपर्ने आचारसंहितासमेत जारी गरेको छ । सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ अनुसार अदालतमा कार्यरत कर्मचारीको आचारसंहिता, २०७५ जारी गर्दै सर्वोच्च अदालतले सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको हो ।
आचारसंहिताले अदालतका कर्मचारीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा व्यापार व्यवसाय गर्न पनि प्रतिबन्ध लगाएको छ । आचारसंहिताको बुँदा नम्बर ९ मा उल्लेख गरिएको छ, ‘प्रचलित कानुनले अनुमति दिएकोमा बाहेक कर्मचारीले आफू एक्लैले वा कुनै व्यक्ति वा समूहसँग मिलेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि व्यापार व्यवसाय गर्नुहुँदैन ।’ आचारसंहिता सर्वोच्च अदालतका साथै उच्च, विशेष, जिल्ला अदालतका कर्मचारीलाई लागू हुनेछ ।
महालेखा परीक्षकको प्रतिवेदन अपरिपक्व
त्यस्तै, महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा सर्वोच्च अदालत र मातहतका निकायबाट यो वर्ष मात्रै करिब ५ करोड ३० लाख ५६ हजार बेरुजु रहेको विषयमा मुख्य रजिस्ट्रारले असन्तुष्टि व्यक्त गरेका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीशले लिएको १ करोड २९ लाख ६० हजार मूल्यबराबरको सवारीसाधन सरकारको निर्णयको आधारमा उपलब्ध गराइएकाले त्यसलाई पनि बेरुजु भन्न नमिल्ने बताएका छन् । सो प्रतिवेदन अपरिपक्व रहेको भन्दै उनले टिप्पणी गरे ।सर्वोच्च अदालतका पदाधिकारीको विदेश भ्रमणका लागि सरकारले छुट्टै बजेटको व्यवस्था नगरेकाले तत्कालका लागि तलब शीर्षकबाट खर्च गरिएको १ करोड ५ लाख १६ हजार रुपैयाँलाई बेरुजु भन्न नमिल्ने उनले बताए । राजधानीबाट ।









