काठामान्डाैं / भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पूर्वी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुख दिएको छ । सीमा क्षेत्रको नेपाली भूमिमा सडक, घर, चर्पी बनाउन अवरोध गरिरहेको एसएसबीले सूर्योदय नगरापालिका–२ चारमाइलको कच्ची सडकसमेत बन्द गराउने प्रयास गरेको छ । नेपाल भएर भारत छिर्ने वर्षौ पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउजाउ अवरोध गरेको हो । विशेषगरी नेपालतर्फको तरकारी भारतमा बेच्न बन्द गराउने ध्येयले सडकको दसगजामा खाडल खनेर प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia