काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदान साँझ सकिएको छ । कुल २५७० मतदाता मध्य २३४४ मत खसेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिए।

उनका अनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको छ। बिहीबार बिहान साढे १० बजेबाट मतदान सुरु भएको थियो। बुधबार राति ८ बजे विद्युतीय भोटिङ मेसिनबाट मतदान भएपनि मतदान गर्नसाथ मेसिन बिग्रदा मतपत्रको आधारमा मतदान गरिएको थियो। राति नै मत गणना सुरु गरिने र शुक्रबार बिहानसम्म नतिजा आइसक्ने पनि सदस्य पाण्डेले जानकारी दिए। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia