काठमान्डाैं / नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ। सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन्। नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषयमा छलफल केन्द्रित हुनेछ। उपरथी नेतृत्वमा इन्डो प्यासिफिक कमाण्डअन्तर्गतको युएस आर्मी टोली नेपाल आएको हो। दुई मुलुकका सैनिक अधिकारीबीच हुने यो छलफललाई ‘ल्याण्ड फोर्स टक’ नाम दिइएको छ। जंगी अड्डामा मंगलबारबाट दुई दिनसम्म नेपाली र अमेरिकी सैनिक अधिकारीबीच छलफल हुनेछ। शान्ति सेना, नेपाली सेनाको क्षमता अभिवृद्धि, विपत् व्यवस्थापनलगायतका विषयमा छलफल केन्द्रित हुने सैनिक स्रोतले बताएको छ। प्रतिआतंकवादको विषयमा समेत छलफल हुने ति सैनिक अधिकारीले बताए। सहरी विद्रोह नियन्त्रण र प्रतिकारका विषयमा समेत दुई मुलुकका सैनिक अधिकारीबीच छलफल हुनेछ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर रहेकाे छ ।


तपाईको प्रतिक्रिया