काठमाडौं । नेवार समुदायले राष्ट्रिय पञ्चांग अर्थात् पात्रो बहिष्कार गरेको छ। तिहारमा नेवार समुदायले मनाउने स्वन्तिः को तिथि बिगारेको भन्दै पात्रो बहिष्कार गरिएको हो। राष्ट्रिय पञ्चांग निर्णायक समितिले ०७६ को तिहारमा पर्ने म्हःपूजा र नेपाल संवतलाई बेग्लाबेग्लै दिनमा राखेको छ। जबकि यी दुवै एकै दिन सम्पन्न गर्नुपर्ने नेवारी परम्परा छ। संस्कृतिविद् हरिराम जोशीका अनुसार तिथिलाई लहरै उल्लेख नगरी टुटाएमा व्यावहारिक पक्षमा धक्का लाग्ने गर्छ। यसपालिको तिहारमा यस्तै भएको छ। यमपञ्चक भनेकै पाँच दिन मनाउने पर्व हो। घडी र पला हेरेर समितिले तिहारलाई चार दिनमा समेटेको छ। ‘मौलिक पर्वहरूमा सिद्धान्तभन्दा व्यावहारिक पक्ष हेर्नुपर्छ,’ संस्कृतिविद् जोशीले भने। ‘पञ्चांग समितिले सिद्धान्तलाई मात्र महत्व दिँदा व्यावहारिक पक्ष गडबड हुन पुगेको जोशीको भनाइ छ। समितिले बनाएको पात्रोमा यमपञ्चकका रूपमा मनाइने तिहारको पहिलो दिन कात्तिक ९ गते काग तिहार परेको छ। १० गते कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन पर्न गएको छ भने ११ गते म्हःपूजा र १२ गते गोवर्धन पूजा, नेवार समुदायको न्हु दँ ९नयाँ वर्ष० अर्थात् नेपाल सम्वत ११४० र भाइटीका परेको छ। संस्कृतिविद् हरिराम जोशीका अनुसार तिथिलाई लहरै उल्लेख नगरी टुटाएमा व्यावहारिक पक्षमा धक्का लाग्ने गर्छ। यसपालिको तिहारमा यस्तै भएको छ। यमपञ्चक भनेकै पाँच दिन मनाउने पर्व हो। घडी र पला हेरेर समितिले तिहारलाई चार दिनमा समेटेको छ। ‘मौलिक पर्वहरूमा सिद्धान्तभन्दा व्यावहारिक पक्ष हेर्नुपर्छ,’ संस्कृतिविद् जोशीले भने। ‘पञ्चांग समितिले सिद्धान्तलाई मात्र महत्व दिँदा व्यावहारिक पक्ष गडबड हुन पुगेको जोशीको भनाइ छ। समितिले बनाएको पात्रोमा यमपञ्चकका रूपमा मनाइने तिहारको पहिलो दिन कात्तिक ९ गते काग तिहार परेको छ। १० गते कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन पर्न गएको छ भने ११ गते म्हःपूजा र १२ गते गोवर्धन पूजा, नेवार समुदायको न्हु दँ ९नयाँ वर्ष० अर्थात् नेपाल सम्वत ११४० र भाइटीका परेको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पत्रकारमाथि राज्य आतंक र धरपकडविरुद्ध सुनसरीमा शान्तिपूर्ण धर्ना
इनरुवा, सुनसरी। पत्रकारमाथि राज्यले गरेको आतंक र धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ सुनसरीले आज जिल्ला प्रशासन कार्याल...
प्रधानमन्त्री शाह र मोदीबीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय बैठक ...
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं – प्रधानमन्त्री कार्यालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोद...
प्रधानमन्त्री बालेन शाह आज भारत प्रस्थान, नयाँदिल्ली सजियो
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएका छन्। स्व...
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
आँधी र भारी वर्षाको जोखिम
इनरुवा। जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार आगामी कात्तिक ११ देखि १५ गतेसम्म चक्रवात आँधी र भारी वर्षाको उच्...








