सुपरस्टार रजनीकान्त आफ्नो चलचित्र ‘दरबार’को ट्रेलर रिलिज गर्ने कार्यक्रममा मिडियासँग कुरा गरिरहेका थिए।यसैक्रममा उनले आफ्ना मित्र बलिउड सुपरस्टार अमिताभ बच्चनको खुब तारिफ गरे र बच्चन आफ्नो लागि प्रेरणाको स्रोत भएको समेत बताए।रजनीकान्तका अनुसार अमिताभ बच्चनले उनलाई तीनवटा सुझाव दिएका थिए। उनले भने, ‘उनले मलाई भनेका थिए– ६० वर्ष पार गरिसकेपछि हामी धेरै सचेत हुनु जरुरी छ। त्यसका लागि तपाईंले तीन काम गर्नुपर्छ। नियमित रुपमा व्यायाम गर्नुहाेस्, बिहान उठिसकेपछि व्यस्त बन्नुहाेस्, घरबाट बाहिर निस्कनुहाेस् तर राजनीतिमा नघुस्नुस्।’

रजनीकान्त अगाडि भन्छन्,‘उनले दिएका दुईवटा सुझाव त म फलो गर्छु, तर तेस्रो सुझाव परिस्थितिका कारण फलाे गर्न सकिनँ।’रजनीकान्तले सन् २०१७ को डिसेम्बरमा राजनीतिमा आउने घोषणा गरेका थिए। उनले तमिलनाडु विधानसभाको चुनावमा राज्यका सबै २ सय ३४ सीटमै उम्मेदवारी दिने घोषणासमेत गरेका थिए।रजनीकान्तले अमिताभ बच्चनका कैयौँ चलचित्रको तमिल रिमेकमा काम गरेका छन्। जसमा ‘थी’ (‘दीवार’को रिमेक), शंकर सलीम साइमन (‘अमर अकबर एन्थोनी’को रिमेक), बिल्ला (‘डन’को रिमेक), वेलैकरण (‘नमक हलाल’को रिमेक) र बाशा (‘हम’काे रिमेक) लगायतका चलचित्र रहेका छन्।रजनीकान्तको आगामी चलचित्र दरबार २०२० को जनवरी १० मा रिलिज हुनेछ। एआर मुरुगदासको निर्देशन रहेको चलचित्रमा रजनीकान्तसहित नयनतारा, सुनील सेट्ठी, प्रतीक बब्बर, जतिन सरना र दलीप ताहिल लगायतका कलाकार रहेका छन्। जसमा रनजीकान्त एक पुलिस अफिसरको भूमिकामा देखिएका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia