मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर एकले बिजयी सुरुवात गरेको छ ।इनरुवा रङ्गशालामा सम्पन्न खेलमा प्रदेश नम्बर ५ माथि ६८ रनको जित दर्ता गर्दै एक नम्बर प्रदेशले प्रतियोगितामा बिजयी सुरुवात गरेको हो ।

१ सय २१ रनको बिजयी लक्ष पछ्याएको प्रदेश नम्वर ५ ले ५२ रन मात्र जोड्न सक्यो । प्रदेश नम्बर ५ केवल १८ ओभरमा अलआउट हुन पुगेको थियो ।टिमलाई जित दिलाउने क्रममा एक नम्बर प्रदेशका दिपेश कंडेल एक्लैले विपक्षी टिमको ६ विकेट चट्काए । मुकुन्द यादव र मनोज तामाङले २–२ विकेट हात पारे ।प्रदेश ५ कालागि बिराट भण्डारीले २८ तथा बिशाल विक्रम केसीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले समेत सामान्य प्रदर्शन गरेको थियो । ३१ दशमलव २ ओभरमा अलआउट हुन पुगेको एक नम्बर प्रदेशले मात्र १ सय २० रन जोडेको थियो ।

प्रदेश एकका लागि फिरदोस अन्सारीले २३ तथा पुष्प थापा र दिपेश कंडेलले समान २२ रन जोडेका थिए । प्रदेश ५का विक्रम भुषालले ५ विकेट हात पारे ।खेलको म्यान अफ दी म्याच प्रदेश एकका दिपेश कंडेल घोषित भए । सामाजिक बिकास मंत्री जिवन घिमिरे र इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले कंडेललाई ट्रफी र नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।प्रतियोगिता अन्र्तगत भोलिको खेल प्रदेश नम्बर ३ र प्रदेश नम्बर ५ बिच हुनेछ । माघ ४ गते सम्म चल्ने प्रतियोगितामा विभागीय टिमहरु नेपाल पुलिस, एपीएफ र आर्मी सहित सातवटै प्रदेश, आयोजक र मलेसियन राष्ट्रिय टिमले प्रतिष्पर्धा गर्दैछन् ।








