इनरुवा नगरपालिका वडा नम्बर ३ घर भएका रोहित निरौलाले इनरुवा ४ मा विगत १८ दिनदेखि सञ्चालित निःशुल्क खान खुवाउने अभियानलाई अगाडि बढाउन ठूलो परिमाणमा खाद्यान्न सहयोग गरेका छन ।

आफ्नी हजुरआमा मेनकादेवी निरौलाको पुण्य तिथीको अवसर पारेर निःशुल्क खान खुवाउने अभियान सञ्चालन गरिरहेको सन्तावन्न टोलीलाई कार्यक्रमलाई अझै अगाडि बढाउन सहयोग स्वरुप खाद्यान्न उपलब्ध गराएका हुन ।

निरौलाले अभियानलाई २० बोरा चामल, एक बोरा नुन, एक टिन तेल र एक बोरा दाल शनिवार कार्यक्रम स्थलमै पुगेर हस्तान्तरण गरेका हुन । हस्तान्तरणपछि निरौलाले गरीब विपन्न पेटभरी खाना खान नसक्नेहरुलाई पेटभरी खाना खुवाउनु ठूलो पुण्य भएको भन्दै आफूले यस्तो पुण्य अभियानमा थोरै सहयोग गरेर ऐक्यबद्धता जनाएको बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia