काठमाडौं । नेकपाका नेता भीम रावलले शनिबार धनगढी विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएकोमा गुनासो गरेका छन् । विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा रोक लगाएपछि शनिबार नेकपाको सुदूरपश्चिम पार्टी कार्यालय धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता भिम रावल । प्रतिनिधिसभा सदस्य एवं नेकपा सुदूरपश्चिमका इन्चार्जसमेत रहेका रावल काठमाडौंबाट श्री एयरलायन्सको जहाजबाट धनगढी विमानस्थलमा ओर्लेपछि विशिष्ट कक्ष प्रयोग गर्न जाने क्रममाउनलाई प्रवेशमा रोक लागाएर सुरक्षाकर्मीले बाहिरको बाटोबाट पठाएका थिए।

‘विशिष्ट कक्ष प्रयोग गर्दैमा ठूलो सानो हुने भन्ने होइन। तर पूर्व जानकारी नदिई किन त्यसो गरियो भन्नेमा आश्चर्य लागेको हो,’पूर्वउपप्रधान, गृह तथा रक्षामन्त्रीसमेत रहेका नेता रावलले भने, ‘क(कसले विशिष्ट कक्ष प्रयोग गर्न पाउँछन् भन्ने नियम छ, वा सूचीमा म परिनँ भने सुरुमा कार्यान्वयन गर्न मै तयार हुन्छु।’शनिबार धनगढीबाट राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौं फर्कने कार्यसूची थियो। राष्ट्रपति काठमाडौं फर्कने भएकाले विमानस्थल र विशिष्टकक्षको सुरक्षा व्यवस्था कडाई गरिएको थियो।राष्ट्रप्रमुखको सुरक्षा व्यवस्थाको मर्यादाबारे बुझेकै व्यक्ति भएकाले आफूलाई त्यसबारे कुनै जानकारी नदिइ गरिएको अपमानजक व्यवहारले दुखी बनाएको उनको भनाइ छ। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia